एक देशबाट अर्को देशमा बिभिन्न कामको शिलशीलामा बिदेशीनु रहर नभएर बाध्यता पनि हो भन्दा अतियुक्ति नहोला । मैले नेपाल छँदा यो कविता पढ्न पाएको थिईन तर यहाँ आए पछि यो कविता पढ्ने मौका मिल्यो । अगमसिंह गिरीले नेपाली साहित्यिक फाँटमा धेरै नै योगदान गर्नुभएको छ । उहाँले यस कवितामा आफ्नो देशभित्र भएका सम्पूर्ण कुराहरुलाई छर्लगं समेटेर लेखिदिनुभएको छ । एकपटक यो कविता पढेर नेपालको यात्रा गर्ने हो पो हो कि ।
लेखक: -अगमसिंह गिरी
पर्देशी दिलमा पहाड वनको जाग्यो उही सम्झना,धाराको रसिलो प्रशन्त जलको लाग्यो यहाँ तिर्सना ।
देखेथे सपना पहाड घरको जाग्यो नयाँ कल्पना
हावाका लहरी ! उडाइ लगिदे ! आसु भरी बन्दना
खोला पर्वतको बहन्छ सुरमा नाच्दै र खेल्दै उहाँ
जोडा नेहुलका प्रफुल्ल धुनमा गाइरहेछन कहाँ ।
मेरो यो कलिलो विदीर्ण मुटुमा बोली मिठो भासियो,
टाढा छु तर यो छ चित्त घरमा माया उहीं गाँसियो ।
नौलो यौवन झैं पहाड वनमा एेंसेलु पाके हुनन् ,
को हो ?' कोयलले बसन्त वनमा सोधी रहको हुनन् ।
बाहौं मास उहाँ गुराँस फुलेझैं शोभा छ प्रक्र्तिको,
हावाले दिलका पराग-वनमा छर्ला उहाँ प्रितीको
गोठालो वनमा फुकेर मुरली नाचेर गम्काउँछ ।
बैंसालु दिलमा विमुग्ध धुनमा हाँसेर रन्काउँछ ।
मंसिर 'रसिया' बिभिन्न लयमा गाएर सम्झाउँछ,
पर्देशी दिल यी पहाड वनमा तानेर फर्काउँछ
गाला यौवनको मुहार भरिलो आँखा छ सम्झाउने,
हुर्केको मनको छ जिउ छरितो छाती छ अल्झाउने ।
बिर्सेंथें वनमा गुराँस सिउरी हाँसी दिएकी ठिटी,
चोखा यौवनको उहाँ प्रणयको आफ्नै छ प्यारो रिती
देख्दा उत्तरको सफा हिमचुली आँखा अगाडी जसै,
ब्यँझी उठ्छ अहो ! सुदुर वनको क्रिडा बितेका सबै ।
सानी त्यो वनमा उमंग मनमा बोकेर हिंड्थी उहाँ ,
कान्छाको मनको म लेखुँ कसरी मायालु प्रिती यहाँ ।
आए चाड तिहार गाउँ घरमा पाखा उजेली नयाँ ,
गाए बादलमा पहाड वनका भाखा मिलाई उहाँ,
तत्रेरी तरुणीं सजे मखमली माला लगाइकन
सेता पर्वतका पवित्र हिम झै माया फिजाइकन ।
बाले दीपक चाडको झिलिमिली आनन्द हाँसो छरी,
चम्के पवर्त गाउँ जगल सबै नौलाख तारासरी ।
नौला जोवनका उतप्त मनमा उन्माद लौ भर्दियो,
लाखौं यौवनमा सफा प्रणयको आभास लौ छर्दियो ।
जेठा तमाङको बिचित्रपनको वर्णान कसोरी गरुँ ,
च्यङ्बाको हँसिलो चरित्र रसिलो सक्थें कहाँ बिर्सनु ।
नाच्छन मंसिर धान नाच दरिला माया फिंजाइकन ,
कोदाका रसमा ब्यथालु मुटुको झिंजो डुबाईकन ।
छाप्रो त्यो खरिको छ गाउँ घरको प्यारो मलाई अति,
नेपाली मनमा उदार ममता न्यानो मलाई अति ।
च्चब्रुङ मादल डम्फु गीतहरु रन्की रहुन् नौमती,
नेप्टी, हर्कु, मती, रने र भाईचा छैनन बिराना रती ।
पर्देशी परको भनेर घरले बिसिसकेको भए,
भातत्व पतिको बिशाल ममता त्यगिदिएको भए ।
पर्देशी दिलमा छ पिर गहिरो खोलेर सम्झाउँला,
नेपाली मुटुमा छ चिह्र घरको फोरेर देखाउँला ।
साभारः साझा कविता २०४९
1 comment:
कविता उतिसाह्रै रसिलो नभए पनि हामी परदेशीको मन छुने कविता पस्कनु भएकोमा खुशी लाग्यो ।
दीपक जडित
Post a Comment